निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मायादेवी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार बलिउद्दीन मुसलमान ५,२७८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार बजरंगीप्रसाद कुर्मीलाई ३९८ मतान्तरले पराजित गरेका हुन् । पराजित बजरंगीप्रसाद कुर्मीले ४,८८० मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती यादव ५,०३७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार रश्मीसुधा त्रिपाठीले ४,५७८ मत ल्याएकी छन् ।
मायादेवी गाउँपालिका कपिलवस्तु जिल्लामा पर्दछ । यस गाउँपालिकामा कूल जनसंख्या ५७,१२१ रहेको छ भने कुल मतदाता संख्या ३१,०१६ रहेको छ । जसमा १७,३६२ पुरुष र १३,६५४ महिला रहेका छन् । यस गाउँपालिकामा ८ वडा छन् ।