निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार धनबहादुर गुरुङ ८२० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मनबहादुर गुरुङलाई १७४ मतान्तरले पराजित गरेका हुन् । पराजित मनबहादुर गुरुङले ६४६ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बेदबहादुर गुरुङ ९१३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रकी उम्मेदवार अर्विन गुरुङले ४९६ मत ल्याएकी छन् ।
नासोँ गाउँपालिका मनाङ जिल्लामा पर्दछ । यस गाउँपालिकामा कूल जनसंख्या १,६७१ रहेको छ भने कुल मतदाता संख्या १,८०२ रहेको छ । जसमा ८५७ पुरुष र ९४५ महिला रहेका छन् । यस गाउँपालिकामा ९ वडा छन् ।