निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत माहाकुलुङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार सूर्यबहादुर राई २,१०० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार सागर किराँतीलाई ४७४ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर किराँतीले १,६२६ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार विपना कुलुङ १,९२९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार शुभ धनी राई(कुलुङ)ले १,७३३ मत ल्याएकी छन् ।
माहाकुलुङ गाउँपालिका सोलुखुम्बु जिल्लामा पर्दछ । यस गाउँपालिकामा कूल जनसंख्या ११,९७१ रहेको छ भने कुल मतदाता संख्या ७,७८४ रहेको छ । जसमा ४,१६९ पुरुष र ३,६१५ महिला रहेका छन् । यस गाउँपालिकामा ५ वडा छन् ।