निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गौरीगञ्ज गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार फुलवति राजवंशी ५,६८९ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विजयकुमार अग्रबाललाई २,३५९ मतान्तरले पराजित गरेकी हुन् । पराजित विजयकुमार अग्रबालले ३,३३० मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार पुजन न्यौपाने (कूवर) ४,७५५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मखना महतोले ३,७९५ मत ल्याएकी छन् ।
गौरीगञ्ज गाउँपालिका झापा जिल्लामा पर्दछ । यस गाउँपालिकामा कूल जनसंख्या ३६,०५८ रहेको छ भने कुल मतदाता संख्या २३,४७४ रहेको छ । जसमा ११,८८९ पुरुष र ११,५८५ महिला रहेका छन् । यस गाउँपालिकामा ६ वडा छन् ।