निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार भूपालराज राई २,२०३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार योगेन्द्र राईलाई १९४ मतान्तरले पराजित गरेका हुन् । पराजित योगेन्द्र राईले २,००९ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार देवीता राई (कुलुङ) २,०७५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार देवीकुमारी राई मेवाहाङले १,७७० मत ल्याएकी छन् ।
सिलिचोङ गाउँपालिका संखुवासभा जिल्लामा पर्दछ । यस गाउँपालिकामा कूल जनसंख्या १०,४३२ रहेको छ भने कुल मतदाता संख्या ८,६६५ रहेको छ । जसमा ४,५१८ पुरुष र ४,१४७ महिला रहेका छन् । यस गाउँपालिकामा ५ वडा छन् ।