असार २६, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुन: मतदानमा प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।
असार २५, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा ३ हजार ४४० मत गणना हुँदा नगरप्रमुख पदका एमाले उम्मेदवार रामबहादुर बानियाँले अग्रता कायमै राखेका छन् । उनले २ हजार ४५ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार रंगबहादुर खातीले एक हजार १८८ मत पाएका छन् । पुन: भएको मतदानमा कूल ९ हजार १२८ खसेको छ ।
जेष्ठ १७, २०७९
लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएको छ । लोसपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ हुन नसकेको आरोप लगाएको हो ।
जेष्ठ १७, २०७९
बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ स्थानीय तहकै अन्तिम मत परिणाम आइसकेको छ । कांग्रेसले सबैभन्दा बढी ३ सय २९ पालिकाको नेतृत्व पाएको छ । एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख जितेका छन् ।
जेष्ठ १६, २०७९
त्रियुगा नगरपालिकाको मयेरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत निर्वाचित भएका छन् । सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उपमेयरमा भने एमालेकी महेश्वरी राई विजयी भएकी छिन् । बहुमतसहित निर्वाचित बस्नेतले एमाले उम्मेदवार भागवत राउतभन्दा २ हजार ८३ बढी मत ल्याए ।
जेष्ठ १४, २०७९
रोल्पाका १० वटा तहका ७२ वटामध्ये २ वटा वडामा मात्रै महिलाको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएका छन् । तीन ठूला दलमध्ये माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका दुई महिला निर्वाचित भएका हुन् ।
जेष्ठ १४, २०७९
कांग्रेसको काठमाडौं महानगर समितिले वैशाख ७ मा नगर प्रमुखका लागि पाँच जनाको नाम सिफारिस गर्दा पहिलो नम्बरमा नीलकाजी शाक्य र पाँचौं नम्बरमा प्रगतिमान रन्जित थिए । पार्टीको गत असोजमा सम्पन्न नगर अधिवेशनमा सिंह समूहमा रहेका शाक्य अर्को समूहका रन्जितलाई पराजित गरेर महानगर सभापति बनेका थिए ।
जेष्ठ १३, २०७९
काठमाडौं महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले मेयरमा विजयी वालेन्द्र साह र जनप्रतिनिधिहरूलाई बधाई दिएकी छन् । उनले कार्यकालभरी मेयर साहसहित जनप्रतिनिधिलाई आफ्नो रचनात्मक सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
जेष्ठ १३, २०७९
बगनासकालीकी सरस्वती चिदी लुम्बिनी प्रदेशमै एक्लो महिला गाउँपालिका अध्यक्ष भएकी छन् । १० स्थानीय तहमा एक्ली महिला गाउँपालिका अध्यक्ष मात्र होइन ८१ वडामा एक्लो वडाध्यक्ष तिनाउ गाउँपालिका–५, कोलडाँडा मरामकोटबाट इन्द्राकुमारी गाहा चिदी भएकी छन् ।
जेष्ठ १३, २०७९
१६ स्थानीय तह रहेको रुन्देहीमा १ सय ५५ वडा छन् । यति धेरै वडामा नेतृत्व गर्ने अवसर भने एक जना महिलाले मात्रै पाएकी छन् । उनी हुन् मीना थापा क्षेत्री ।
जेष्ठ १३, २०७९
उदयपुरको त्रियुगा नगरपालिकामा ३ दिनयता मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेतले ८ सय ३५ मतले अग्रता लिइरहेका छन् ।
जेष्ठ १३, २०७९
राजनीतिक नियुक्तिको जागिर खाँदाखाँदै तीन वर्ष पहिले जनता समाजवादी पार्टीको विराटनगर कमिटी अध्यक्ष बनेका थिए, अमरेन्द्र यादव । यो स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको साथ पाए र विराटनगर महानगरपालिकाको उम्मेदवार बने । तर, उनले ठूलो मतान्तरले हार बेहोर्नुपरेको छ । उनको हारलाई धेरैले बाबु एवं जसपा अध्यक्ष उपेन्द्र यादवको खुम्चिँदो राजनीतिका रूपमा अर्थ्याएका छन् ।
जेष्ठ १३, २०७९
मधेसकेन्द्रित राजनीतिक दलहरू स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमै कमजोर देखिएका छन् । मधेस प्रदेशका १ सय ३६ मध्ये जनता समाजवादी पार्टी (जसपा) ले २५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १४ पालिकामा मात्र नेतृत्व जितेका छन् । सबैभन्दा बढी पालिका कांग्रेसले ४६ वटा र त्यसपछि एमालेले ३० वटा जितेका छन् ।
जेष्ठ १३, २०७९
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।
जेष्ठ १२, २०७९
र्यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
जेष्ठ १२, २०७९
महानगर विराटनगरको मेयर पदका लागि जिल्लादेखि केन्द्रसम्म आकांक्षीहरुको तँछाडमछाड चलेको थियो । ठूलो रस्साकस्सीका बीच सबैलाई उछिन्दै मोरङका कांग्रेस उपसभापति ४९ वर्षीय नागेश कोइरालाले बाजी मारे । तरुण दलको पूर्वजिल्ला सभापति उनी मोरङ कांग्रेसको कोषाध्यक्ष, सचिव हुँदै उपसभापतिसम्म भएका हुन् ।
जेष्ठ १२, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुन: निर्वाचन गर्ने निर्णय गरेको हो ।
जेष्ठ १२, २०७९
सत्तारुढ पाँच दलीय गठबन्धनले देशका ६ महानगरको प्रमुख भागबन्डा गर्दा पोखरा नेकपा (एकीकृत समाजवादी)को भागमा पर्यो । पोखराका कांग्रेस नेता, कार्यकर्ताले असन्तुष्टि पोखे । नेकपा (एस)को संगठन नै बनिनसकेको भन्दै ‘मानोमा मुरी खन्याउँदा पोखिन सक्ने’ बताएका थिए ।
जेष्ठ १२, २०७९
स्थानीय तहको निर्वाचनबाट २५ पालिकाको नेतृत्वमा महिला छानिएका छन् । स्थानीय सरकारको नेतृत्वमा महिलाको संख्या पहिलेभन्दा बढेको हो । अघिल्लो निर्वाचनमा १८ पालिकाको प्रमुख/अध्यक्षमा महिला थिए ।
जेष्ठ १२, २०७९
बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ । आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले प्रभावितको खातामा रकम निकासा गरेको हो । पहिलो चरणमा करिब ८ सय लाभग्राहीको खातामा १ अर्ब ७० करोड निकासा गरिएको आयोजनाको मुआब्जा, वातावरण तथा पुनःस्थापना इकाई प्रमुख जगतकुमार श्रेष्ठले बताए ।