निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वीरगन्ज महानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ४६,२१५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विजयकुमार सरावगीलाई २२,५४४ मतान्तरले पराजित गरेका हुन् । पराजित विजयकुमार सरावगीले २३,६७१ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम ३०,०७८ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार पुरुषोतमलाल झाले ९,५६८ मत ल्याएका छन् ।
वीरगन्ज महानगरपालिका पर्सा जिल्लामा पर्दछ । यस महानगरपालिकामा कूल जनसंख्या २,६८,२७३ रहेको छ भने कुल मतदाता संख्या १,२४,६४७ रहेको छ । जसमा ७०,८१० पुरुष र ५३,८३३ महिला रहेका छन् । यस महानगरपालिकामा ३२ वडा छन् ।